काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले लिनु निन्दनीय रहेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता सिंहले पौडेललाई नियन्त्रणमा लिइएको घटनाको विरोध गरेका छन् । उनले नेता पौडेलमाथिको धरकपडसँगै सरकारले आफ्नो अन्त्यको दिन गणना सुरु गरेको जिकिर गरेका छन् ।


ADVERTISEMENT

# # #


‘पञ्चायत र राजाको प्रत्यक्ष शासनकाल विर्साउने गरि प्रमुख प्रतिपक्षी दलको वरिष्ठ नेतामाथिनै धरपकड शुरु गरेर सरकारले आफ्नो अन्त्यको दिनको गणना शुरु गरेको छ ।’ उनले भनेका छन्, ‘कांग्रेसका नेता कार्यकर्तामाथी धरपकड गर्ने, स्वतन्त्रतापूर्बक हिँडडुल गर्न पाउने,नागरिक हकविरुद्ध बाटो अवरोध गर्नेजस्ता निन्दनीय कार्य भएका छन् । यो सत्ताको चरम दुरुपयोग हो । यसले नेकपा सरकारको असली चरित्र उदांगिएको छ ।’

नेता सिंहले प्रहरी नियन्त्रणमा रहेका पौडेल लगायतका नेताहरुको तुरुन्त रिहाईको माग गरेका छन् ।

बुधबार व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न १२ बजेदेखि निषेधाज्ञा जारी रहेका बेला काङ्ग्रेस कार्यकर्ताको टोली निषेधाज्ञा तोड्दै अगाडि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।