काठमाडौँ – मेगा बैंकले घरैबाट सरकारी राजस्व तथा व्यवसायीक भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याउने भएको छ । बैंकले संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गर्न लागेको हो ।


ADVERTISEMENT


यो सेवा सञ्चालनमा आएसँगै व्यवसायिक ग्राहकहरुलाई उक्त डिजिटल माध्यममार्फत बैंकमा नगई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु आफ्नो खाताबाटै सजिलै गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


उक्त प्रणाली मार्फत कनेक्ट आइपिएस अथवा एनसिएचल आइपिएसमा रियल–टाइम वा नन–रियलटाइममा समेत भुक्तानी सम्बन्धी कारोबारहरु गर्न सकिने मेगा बैंकले जनाएको छ ।