काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघ भावी अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानसहितका पुर्वअध्यक्षहरु र जिल्लानगरका अध्यक्षहरुको बैठकले ७५ प्रतिशत मतसहित सिङ्गो टिम नै निर्वाचीत हुने दाबी गरेका छन् ।


ADVERTISEMENT


पछिल्लो समय चन्द्र ढकाल समुहले निकै भरोसा गरेको गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कणार्ली र सुदुर पश्चिम प्रदेशका जिल्ला अध्यक्षहरु सेखर गोल्छा र किशोर प्रधानको समुहमा खुलेरै लागेकाले जित निश्चित भएको प्रधान समूहको दाबी छ ।


ADVERTISEMENT

# # #


वर्तमान अध्यक्ष भवानी राणा, भावी अध्यक्ष सेखर गोल्छा, निर्वतनमान अध्यक्ष पशुपति मुरारकालगायतका अधिकांस पुर्व अध्यक्षहरु पनि यसपाली किशोर प्रधानलाई मत दिनुपर्ने बताइरहेकाले आफूहरुको जित निश्चित भएको प्रधान समूहको निष्कर्ष रहेको छ ।

महासंघको जारी निर्वाचनको अन्तिम दिन शनिवार नयाँ नेतृत्वका लागी मतदान हुँदै छ । महासंघको ५४ औं साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्नका लागि शनिवार मतदान हुन लागेको हो ।

जिल्लानगरबाटै प्रतिनिधित्व गर्ने विराटनगरका व्यवसायी किशोर कुमार प्रधान र एसोसियटस्बाट प्रतिनिधित्व गर्ने चन्द्र ढकालबीच वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा हुँदै छ । सुरुवातबाटै निकै प्रतिस्पर्धा हुने देखिएको वरिष्ठ उपाध्यक्ष पदमा मतदान हुनु भन्दा १२ घण्टा अगाडी नै ५० प्रतिशत मतभार रहेको जिल्लानगरबाट आफुले पाउने मतको आंकलन दुवै पक्षले गरिरहेका छन् ।