राजविराज– प्रदेश नं. २ अन्तर्गत आज भइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट एक नक्कली मतदाता पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सञ्जयले दुर्गानन्द चौधरीको नामबाट मतदान गर्न नक्कली मतदाता बनेर आएको निर्वाचनमा खटिएका पधाधिकारीले फेला पारेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको हो ।