काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पूर्याउन भारतीय पक्षसँग आग्रह गरेकी छन् ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई बिहिबार साँझ राष्ट्रपति निवास शीतल निवासमा भेट दिँदै सो आग्रह गरेकी हुन् । राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिबाट आग्रह भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #