काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बिहीबार लिइएको फिजिक्स विषयको परीक्षा रद्ध नभएको स्पष्ट पारेको छ ।


ADVERTISEMENT


फिजिक्सको परीक्षा रद्ध भएको र १७ मंसिरमा पुनः परीक्षा लिने भ्रमपूर्ण सूचना सामाजिक सञ्जालमा आएको भन्दै बोर्डले विज्ञप्ति नै निकालेर भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ ।


ADVERTISEMENT

# # #


बोर्डको आधिकारिक वेबसाइटबाहेकका कुनै पनि सूचनालाई आधिकारिक नमान्नसमेत बोर्डले अनुरोध गरेको छ ।