काठमाडौँ – नेपाल भ्रमणमा रहेको भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्द्धन श्रृंगलाले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर श्रृंगलाले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


भारतीय विदेश सचिव श्रृंगलाले यसअघि आजै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र परराष्ट्रसचिव भरतराज पौडेलसँग पनि भेटवार्ता गरेका थिए । यस्तै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठकमा पनि उनी सहभागी भएका थिए ।

श्रृंगला बिहीबार बिहान नेपाल आएका थिए ।