काठमाडौँ – डिशहोमले सुरु गरेको डिजिटल ‘रेट्रो इंग्लिस’ सांगीतिक प्रतियोगिता ‘दि स्ट्रिङ्स’को फाईनल प्रतियोगिता हुन लागिरहेको छ ।


ADVERTISEMENT


दुई भागमा यस शो को प्रशारण रियालिटि टिभी मा १३ र १७ गते प्रशारण हुने डिसहोमले जनाएको छ । १३ गते शनिवार प्रतियोगिताको प्रशारण राति ८ः३० वजे र फाईनल प्रतियोगिता १७ गते बुधवार राति ८ः३० बजे प्रशारण हुनेछ ।प्रतिस्पर्धीहरु शिभाना श्रेष्ठ, तुसिता मास्के, स्वर्निम श्रेष्ठ, रिया श्रेष्ठ र योगेन राईबीचको प्रतिस्पर्धाको प्रशारण रियालिटि टिभीमा हुन लागिरहेको हो ।


ADVERTISEMENT

# # #


फाईनल प्रतियोगिता पुगेका प्रतिस्पर्धीबीचको सांगीतिक प्रतियोगीता अब झन उत्साहजनक र रोचक हुने डिशहोमले जनाएको छ । प्रतियोगिहरु मध्यबाट विजेताको छनोट निर्णायकको निर्णय र प्रतियोगिले प्राप्त गरेको भोटको आधारमा गरिनेछ । निर्णायकहरुमा युलिया कोईराला, पेम्बा लोप्चा र निर्भाणा चौधरी रहनेछन् ।

डिसहोमकोको आधिकारीक फेसबुकमार्फत प्रतियोगिलाई भोट गर्ने तरिकाको जान्न सकिनेछ । डिशहोमले सुरु गरेको डिजिटल ‘रेट्रो इंग्लिस’ सांगीतिक प्रतियोगिता ‘दि स्ट्रिङ्स’मा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेका थिए। विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् ।

७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने डिशहोमले अपेक्षा राखेको छ ।