काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ३७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ९ हजार ४ सय ३५ जनाले कोरोना जितेका छन् । मन्त्रालयका अनुसार यो कुल संक्रमितको करिब ९२ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा १ हजार ६ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १७ लाख वटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा ६ सय ८० जना रहेका छन् भने १६ हजार ७ सय ९३ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।

कुल संक्रमित मध्ये १ हजार ४ सय १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २३ जना संक्रमितले ज्यान गुमाएका छन् ।