दुधौली । प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सन्दिप भण्डारीले प्रमुखका रुपमा कार्यभार सम्हालेर बिदाई हुँदै गर्दा बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको माहोल भाबुक बन्नपुग्यो ।


ADVERTISEMENT


सरुवा भएर महानगरी प्रहरी कार्यालय रानीपोखरी जानुअघि केन्द्रमा भएको बिदाई तथा फेरी भेटौला कार्यक्रम अबिश्मरणी रह्यो । बिदाई कार्यक्रममा तालिम केन्द्रका कार्यालय सहयोगी देखि जवानहरु, प्रहरीका बरिष्ठ अधिकृतहरु सम्मको आँखा रसाएको थियो भने सबैको गला अबरुद्ध भएको थियो ।


ADVERTISEMENT

# # #


२०७६ भदौ १८ गतेबाट प्रहरीको दुधौली स्थित तालिम केन्द्रको कमाण्ड सम्हालेका एसएसपी भण्डारीको १५ महिने कार्यकाल भरी भएका कामहरु ऐतिहाँसिक रहेको भन्दै उनका लागि केन्द्रले फेरी भेटौंला भनेको हो । जवाफमा एसएसपी भण्डारीले आगामी दिनहरुमा समेत यस तालिम केन्द्रको प्रगती र उन्नती होस भन्ने चाहना राहेको र आफूले सक्ने हरेक पक्षमा सहयोग गर्ने बाचा गर्दै फेरी भेटौंला भनेका हुन् ।

तालिम केन्द्र दुधौली परिवारका तर्फबाट एसएसपी भण्डारीको बिदाईका क्रममा आगामी दिन उत्तरोत्तर प्रगति उन्नतीका साथै व्यक्तिगत पारीवारिक एवं व्यावसायिक जीवनको सफलताको शुभ कामना व्यक्त गरिएको छ ।

कार्यकालभरी प्रहरीको दुधौली तालिम केन्द्र गुणस्तरीय तालिम तथा सेवा, संस्कारयुक्त र ईमान्दार व्यवहार, सुदृढ व्यवस्थापन, केन्द्रको रमणीय भौतिक तथा वातावरणीय परिवर्तन देखि प्रहरीहरुको मनोबैज्ञानिक सबलता र सक्षमताका क्षेत्रमा एसएसपी भण्डारीको नेतृत्वले नयाँ आयाम अघि बढाएको निष्कर्ष निकालिएको छ ।

यस्ता छन् १५ महिने कार्यकालमा एसएसपी भण्डारीले बागमती प्रदेश प्रहरी तालिम

केन्द्र दुधौली सिन्धुलीमा गरेका कामका उदाहरणहरु :

स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगबाट भर्ना छनौट कार्यक्रम संचालन,

कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट देशभर लकडाउन हुँदा समेत प्रहरी कर्मचारीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्नुबाट जोगाई उचित व्यवस्थापन, विभिन्न किसिमका सचेतनामूलक तथा जनता केन्द्रित कार्यक्रमहरुको संचालन,

कार्यालय संचालनमा उपलब्ध न्यूनतम श्रोत साधनहरुको अधिकतम प्रयोग गरी मितव्ययिता कायम,

गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादन, उल्लेख्य रुपमा फलफूल तथा जडिबुटीका बिरुवा वृक्षारोपण गरी वातावरण संरक्षण,

फोहोर मैला व्यवस्थापन, कर्मचारीहरुको आन्तरिक शुद्धिकरण तथा सुदृढिकरण, कर्मचारीहरुको पीरमार्का, गुनासाहरुको सुनुवाई तथा उचित व्यवस्थापन,

निर्णय प्रकृयामा सामुहिक सहभागीता, महिला प्रहरी कर्मचारीहरुलाई महिला मैत्री वातावरण, लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी कार्यक्रम,

वनजंगल जोगाउनको लागि आगलागी नियन्त्रण तथा सर सफाई,

रिजर्भ खानेपानी ट्याङ्की निर्माण,

कालो पत्रे सडक निर्माण,

मुलगेटलाई स्तरोन्नती गरी नयाँ हाईप्वाइन्ट पोष्टहरुको निर्माण,

प्रहरी कर्मचारीहरुलाई मास्क तथा स्यानीटाईजर वितरण,

परिसर भित्र निशुल्क वाईफाईको व्यवस्था,

महिला प्रहरी कर्मचारीहरु तथा अन्य विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुसंग समय र समयमा अन्तरक्रिया,

समस्यामा परेका प्रहरी कर्मचारीहरुलाई काउन्सेलिङ,

कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्न विभिन्न किसिमका अनुशिक्षण तालिमहरु संचालन,

भौतिक पूर्वाधारहरुको विकासमा सम्बन्धित निकायहरुसंग पहल गरी तीब्र रुपमा निर्माण कार्यहरु ।

एसएसपी भण्डारीलाई सिँगो समाजकै बधाई र शुभकामना

एसएसपी भण्डारीको कार्यकाल अद्भूत र अतुलनीय देखिएको भन्दै उनको बिदाईका लागि दुधौलीको सिँगो समाज नै स्वतस्फुर्त रुपमा उपस्थित भएको थियो । दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत, सामुदायिक वनका पदाधिकारीहरु, जनजागृति माध्यामिक विद्यालय कोगटीका व्यवस्थापक समितिका पदाधिकारीहरु, पत्रकार तथा स्थानीय जनप्रतिनिधि लगायत स्थानीय बासिन्दाहरुले समेत आफैं बिदाई कार्यक्रम आयोजना गर्दै उनको उपस्थितीले अबिश्मरणीय छाप छोडेको भन्दै प्रशंसा गरेका छन् ।

सो अवसरमा नगर प्रमुख राउतले एसएसपी भण्डारी समाजमा चेतनामूलक कार्यक्रमहरु गर्ने स्वच्छ छवि भएका निष्पक्ष र पारदर्शी अफिसर भएको बताएका छन् । उनको कार्यकालमा बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा भौतिक पूर्वाधारहरुको विकास, स्वच्छ, निष्पक्ष र पारदर्शी भर्ना छनौट, स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम, सर्पदंश सम्बन्धी सचेतनामुलक कार्यक्रम लगायत अन्य कार्यहरु समेत गरेको बताउदै प्रमुख राउतले दुधौली नगरपालिकाको तर्फबाट एसएसपी भण्डारीलाई सम्मान पत्र समेत प्रदान गरेका छन् ।

यस्तै, दुधौली नगरपालिका १० का वडाध्यक्ष दुर्गा बहादुर देवकोटा, जनजागृति माबि कोगटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्ता कटुवाल, लदाभिर उमाबि दुधौलीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार शर्मा, समाजसेवी यज्ञमणी दाहाल, आकासी अधिकारी लगायतले समेत एसएसपी भण्डारीको प्रशंसा गर्दै सम्मान पत्र प्रदान गरेका छन् ।

एसएसपी भण्डारीको कार्यकालले प्रहरीको मात्रै होईन सिँगो समाजको रुपान्तरणमा समेत अद्भूत भूमिका खेलेको भन्दै उनले बरिष्ठ प्रहरी अधिकृतका रुपमा प्रहरी, जनता, समाज र देशलाई जोड्ने काम गरेको भन्दै दुधौलीमा सर्बत्र चर्चा र प्रशंसा भएको छ ।

एसएसपी भण्डारी सबै प्रति कृतज्ञ : ‘साथ, सहयोग, माया र आशिर्वाद मिली रहनेछ’ 

”१४ महिना २२ दिनको यस बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा समादेशकको रुपमा कार्यरत रहदा निष्पक्ष र पारदर्शी भर्ना छनौट, दक्ष जनशक्ति उत्पादन, भौतिक पूर्वाधारहरुको विकास, वातावरण संरक्षण र वृक्षारोपण, जनचेतनामूलक कार्यक्रमहरु संचालन, आन्तरिक व्यवस्थापन, सिर्जनशिल तथा नविनतम कार्य, कोभिड १९ संक्रमणबाट बच्ने बचाउने लगायतका कार्यहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा निर्देशन, सहयोग तथा समन्वयकारी भूमिका निर्वाह गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

नेपाल सरकार, प्रदेश सरकार, जन(प्रतिनिधिज्यूहरु, तालुक गृह मन्त्रालय, श्रद्धेय प्रहरी महानिरीक्षकज्यू, अतिरिक्त महानिरीक्षकज्यूहरु, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षकज्यू, जिल्ला प्रशासन कार्यालय सिन्धुली, प्रदेश लोक सेवा आयोग, सडक डिभिजन कार्यालय, खानेपानी तथा सर(सफाई डिभिजन कार्यालय, नेपाल प्रहरी अस्पताल लगायत स्थानीय स्वास्थ्य सेवा प्रदायक संस्थाहरु, दुधौली नगरपालिका तथा स्थानीय संघ संस्था र बासिन्दाहरु, संचारकर्मी तथा संचार माध्यमहरुलाई हार्दिक धन्यवाद अर्पण गर्दछु ।

सदा टिममा रहेर यस केन्द्रको विकास तथा व्यवस्थापनमा विषम परिस्थितिमा समेत विचलित नभई अनवरत योगदान गर्ने सकल दर्जाका प्रहरी कर्मचारीहरु, प्रशिक्षक वर्ग, प्रशिक्षार्थी वर्ग, स्वास्थ्य सेवा प्रवाह गर्ने मेडिकल अधिकृतज्यूहरुसंगको सामुहिक सहकार्य अविस्मरणीय रहेको अनुभूति गरेको छु ।

आशा छ सदा झै यहाँहरुको साथ, सहयोग, माया र आशिर्वाद मिली रहनेछ ।”

तस्बिरमा हेर्नुहोस् एसएसपी भण्डारीको फेरी भेटौंला कार्यक्रम :