काठमाडौँ – गरीबी निवारणका क्षेत्रमा अग्रणी भूमिका खेलिरहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २० औं सफल बार्षिकउत्सब मनाएको छ ।


ADVERTISEMENT


सेवाको दुई दशक लामो सेवामा गरीब तथा बिपन्नहरुको देशब्यापी माया संहालेको छिमेकले आज शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । छिमेक लघुबित्तका पूर्व कार्यकारी अधिकृत एवं छिमेक समाज सेवा संस्थाका अध्यक्ष रामचन्द्र जोशी, बित्तीय संस्थाकी पूर्व नायब महाप्रबन्धक शोभा मिश्र, निमित्त प्रमुख कार्यकारी अधिकृत दिपकनिधि तिवारी लगायत बिभागीय प्रमुख, संस्थाका ब्यवस्थापकीय जिम्मेवारीमा रहेका कर्मचारीहरुको उपस्थितीमा सफलताको उत्सब मनाउँदै शुभकामना आदन प्रदान गरिएको हो ।


ADVERTISEMENT

# # #


सो अवसरमा आफ्नो सफल यात्राका क्रममा साथ दिने सबै प्रति आभार र धन्यबाद दिँदै भोलिका दिनमा अझ सुदृढ तरिकाले सेवा प्रदानलाई अनवरत अघि बढाउने लक्ष्य लिईएको संस्थाका योजना तथा संचालन बिभागीय प्रमुख मेषबहादुर बस्नेतले हिमालय पोष्टलाई जानकारी दिए ।

छिमेकले आजै देशभरीका आफ्ना शाखाहरु मार्फत गरीब तथा जेहेन्दार बिधार्थीहरुका लागि छात्रबृत्ति बितरण कार्यक्रम समेत गरेको छ । आजै साँझ काठमाडौं स्थित केन्द्रीय कार्यालय लगायत देश भरीका १ सय ३८ शाखा, ६५ डिजिटल पोईन्टहरुमा दीप प्रज्वलन गर्दै शुभकामना आदन प्रदानको समेत कार्यक्रम भएको छिमेकले जनाएको छ ।

गरीब तथा बिपन्न जनताहरुको घरदैलोमा नै पुगेर सेवा दिँदै छिमेकले देशभरी नै गरीबी निवारणमा भूमिका खेलिरहेको छ । राष्ट्र बैंकबाट मान्यता प्राप्त घ बर्गको वित्तीय संस्थाका रुपमा पभावकारी सेवा मार्फत छिमेकले अग्रणी पहिचान स्थापित गरेको छ ।

संस्थाले २० वर्षे यात्रामा सहयोग, सुझाव, सल्लाह एवं मार्गदर्शन प्रदान गर्नुहुने समस्त सदस्यवर्ग, नियमनकारी निकाय, शेयरधनी, कर्मचारी लगायत शुभचिन्तकहरुप्रति धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि आफ्ना सेवाहरुलाई अझ उत्कृष्टताका साथ प्रवाह गर्ने प्रतिवद्धता आजै शुभकामना सन्देश मार्फत सार्बजनिक समेत गरिसकेको छ ।