काठमाडौँ – नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं राष्ट्रिय साधरण सभा बिहिबारबाट सुरु हुँदै छ । अध्यक्ष भवानी राणााले गएको सोमवार सहमतिका लागि गरेको अन्तिम प्रयास बिफल भएपछि लोकतान्त्रिक बिधि निर्वाचनमार्फत नेतृत्व टुङ्ग्याउन दुवै पक्ष सहमत भएका छन्।


ADVERTISEMENT


कोरोना भाइरसको महामारीकाबीच नेतृत्व चयन सहितको साधारण सभा भएकाले यसपटक सहमतिको आधारमा नेतृत्व चयन गर्न दवाव बढे पनि सहमति बन्न सकेन । बर्तमान अध्यक्ष भवानी राणा, मङ्सीर १३ गतेबाट स्वःतह अध्यक्ष बन्ने शेखर गोल्छा, निर्वतनमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु कुसकुमार जोशी, रविभक्त श्रेष्ठ, महेशलाल प्रधान, प्रदिपकुमार श्रेष्ठलगायतका अधिकांस पूर्व अध्यक्षहरुले किशोर प्रधानलाई बरिष्ठ उपाध्यक्षमा निर्वाचित गराउन अपिल गरिरहेका छन् । ५० प्रतिशत मतभार रहेको जिल्लानगरका अधिकांस अध्यक्षहरु पनि साधरण सभामा भाग लिन काठमाडौं आइसकेका छन् । जिल्ला नगरका अध्यक्षले हाल्ने १ सय ७ भोट नै निर्णायक भएकाले दुवै समुहको जिल्लानगरको भोट तान्न कसरत गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


जिल्लानगरबाटै प्रतिनिधित्व गर्ने बिराटनगरका ब्यवसायी किशोर प्रधान र एसोसियटस्बाट प्रतिनिधित्व गर्ने चन्द्र ढकालबीच कसले बरिष्ठ उपाध्यक्षमा बाजी मार्ला भन्ने सर्वाधिक चर्चा हुदै गर्दा ७ वटै प्रदेशका ७५ बढि जिल्ला नगरका अध्यक्षहरु खुलेरै शेखर गोल्छाको आगामी कार्यकाल सफल बनाउन बरिष्ठ उपाध्यक्षमा अगाडि सारेका किशोर प्रधानको समुह लाई समर्थन गर्ने बताएको प्रधान समूहले दाबी गरेको छ । यद्यपि, ढकाल समूहले पनि जिल्लानगरले समेत आफूहरुलाई समर्थन गर्ने बताएको छ । प्रधानले आफूले जित्ने दाबी गरिरहेको बेला वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफूहरुले निर्वाचनपछि जवाफ दिने बताएका छन् ।