काठमाडौँ – नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट खेलाडीको कारोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन गरेको छ । क्यानले आगामी एकदिवसीइ सिरिजको तयारीका लागि बन्द प्रशिक्षण सुरु गर्न खेलाडीको स्वाब संकलन गरेको हो ।


ADVERTISEMENT


मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्रिकेट खेलाडीसहित प्रशिक्षक र मैदानका कर्मचारीहरुको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको क्यानले जनाएको छ । क्यानले खेलाडीहरुको बन्द प्रशिक्षण बुधबार (भोलि)देखि सुरु गर्दैछ ।


ADVERTISEMENT

# # #


कोरोना रिपोर्ट नेगेटिभ आएका खेलाडीहरु मात्र उक्त बन्द प्रशिक्षणमा सहभागी हुन पाउनेछन् । बन्द प्रशिक्षणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ जना खेलाडी छनोट गरेको थियो । तर स्वाब संकलनमा भने केही खेलाडी अनुपस्थित रहेका छन् ।

क्रिकेट टोलीलाई जगत टमाटाले प्रशिक्षण दिनेछन् । क्यानले मुख्य प्रशिक्षणको नियुक्तिको लागि प्रक्रिया अगाडि बढाइरहेको छ । जसअन्तर्गत नेपाली टिमको मुख्य प्रशिक्षक हुन इच्छुक २५ जनाको अन्तवार्ता सम्पन्न भइसकेको छ ।

बन्द प्रशिक्षणका लागि ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, शरद भेषवाकर, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, वसन्त रेग्मी, सोमपाल कामी, सुसन भारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, रोहित पौडेललाई बोलाइएको छ ।

यस्तै सुवास खकुरेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की पनि बन्द प्रशिक्षणको टिममा अटाएका छन् ।

बन्द प्रशिक्षणकै लागि भए पनि क्रिकेट खेलाडी ९ महिनापछि मैदान फर्किँदैछन् । ओडीआई लिग–२ अन्तर्गत नेपालले गत फेब्रुअरीमा घरेलू मैदानमै ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेलेको थियो । त्यसपश्चात गत अप्रिलमा नामिबिया र स्कटल्याण्डसँग, जुनमा पपुवान्यूगिनी र युनाइटेड अरब इमिरेट्ससँग तथा जुलाईमा स्कटल्याण्ड र नामिबियासँग तय भएका एकदिवसीय सिरिजहरु काभिड–१९का कारण स्थगित भएका थिए ।