काठमाडौँ – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले गैरकानुनी रुपमा विभिन्न शिक्षण संस्थाहरुलाई सम्बन्धन दिएको पाइएको छ ।


ADVERTISEMENT


सम्बन्धित अन्य परिषद्हरुको वेवास्ता गर्दै ८ वटा शिक्षण संस्थाहरुलाई सीटीईभीटी कार्तिक २६ गतेको बैठकले सम्बन्धन दिएको पाइएको हो । कार्तिक २३ गते दिइएको निवेदनका आधारमा सीटीईभीटीले ३ दिनभित्रै सम्बन्धन दिएको छ ।


ADVERTISEMENT

# # #


सम्बन्धन पाउनेमा कञ्चनपुरको महाकाली बहुप्राविधिक शिक्षालय, डडेल्धुराको अमरगढी बहुप्राविधिक शिक्षालय, ललितपुरको नरबहादुर स्मृति प्रतिष्ठान, विराटनगरको मोरङ बहुप्राविधिक शिक्षालय, बर्दिबास महोत्तरीको निर्मल लामा बहुप्राविधिक शिक्षालय रहेका छन् । यस्तै विदुर नुवाकोटको पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालय, धादिङ्गको धादिङ्ग पोलिटेक्निक इन्ष्टिच्यूड र कर्णाली प्राविधिक शिक्षालय जुम्ला रहेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र मन्त्रीका सल्लाकार जीवन गौतमको दबाबमा उक्त सम्बन्धन दिएको पाइएको हो । गौतम ललितपुरको नरबहादुर स्मृति प्रतिष्ठानको सञ्चालक समेत हुन् ।

जबकी प्रमाण-पत्र तह नर्सिंग कार्यक्रमको लागि नेपाल नर्सिंग परिषद, प्रमाण पत्र तह, सामान्य चिकित्सा (एचए), ल्याब टेक्निसियन र रेडियो डाईग्नोष्टिकको लागि नेपाल स्वास्थ्य व्यावसायी परिषदसँग परामर्श लिनुपर्ने हुन्छ । यस्तै डिप्लोमा ईन फार्मेसीको लागि नेपाल फार्मेसी परिषदको परामर्श लिएर मात्र प्रक्रिया बढाउने परम्परालाई समेत बेवास्ता गरी सीटीईभीटीले गैर कानूनी रुपमा सम्बन्धन दिएको छ ।

यसअघि २०६१ सालदेखि प्रक्रियामा रहेका संस्थाहरुलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ देखाएर सम्बन्धन दिइएको थिएन । तर, भौतिक पूर्वाधार लगायतका अन्य मापदण्डको अध्ययन नगरीकनै सीटीईभीटीले यी ८ संस्थानलाई सम्बन्धन दिएको छ ।

हेर्नुहोस् सीटीईभीटीको बैठकको निर्णय