काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।


ADVERTISEMENT


केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।


ADVERTISEMENT

# # #


कूल ट्रेजरी बिलमध्ये रु दुई अर्ब २३ करोड ३२ लाख ९१ दिनका लागि, रु १२ अर्ब ४७ करोड १८२ दिनका लागि र रु ११ करोड भने ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ ।