काठमाडौँ – सरकारले लामो तथा मध्यम दूरीमा चल्ने सार्वजनिक यातायातका लागि अनलाइन टिकेटिङ सेवा शुरु गरेको छ । शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटीएमएस) को उद्घाटन गरे ।


ADVERTISEMENT


बढ्दो कोरोना संक्रमणको जोखिमका कारण यातायातलाई व्यवस्थित गर्दै स्वास्थ्य सुरक्षा तथा यातायात सुविधामा नागरिकहरुको सरल, सहज र समान पहुँच, व्यवसायमा लगानी वृद्धि तथा अपांगता भएका व्यक्ति अनुकुल बनाउने नीति अनुसार यातायात सेवाको नियमनका लागि ओटिएमएस लागू गरिएको हो ।


ADVERTISEMENT

# # #


यसअघि सरकारले अनिवार्य अनलाइन टिकट खरिद बिक्री निर्देशिका लागू गरिसकेको छ ।

अनलाइन टिकेटिङ सिस्टमको उद्घाटन गर्दै मन्त्री नेम्वाङले भने ‘सावजनिक यातायातलाई सर्वसुलभ, पारदर्शी सुरक्षित बनाउन नीतिगत व्यवस्था गर्न मन्त्रालय कानून निर्माणमा लागिरहेको छ, एकीकृत प्रकृया र पारदर्शी प्रविधिमैत्री बनाएर काम गर्न सार्वजनिक यातायात प्राधिकरणको पनि बन्ने क्रममा छ।’

ओटीएमएसको माध्यमबाट यातायात सेवा प्रदायकहरुले प्रदान गरेको सेवाको गुणस्तर, लागत र अनियमिततालाई अनुगमन गर्न यातायात व्यवस्था विभाग र अन्तरगतका निकायहरुलाई थप सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।