काठमाडौँ – हरेक वर्ष असार ९ गते हुँदै आएको राष्ट्रिय कविता महोत्सव मंसिर २९ गते हुने भएको छ । उक्त दिन राष्ट्रिय कविता प्रतियोगिताको नतिजा समेत प्रकाशन हुनेछ ।


ADVERTISEMENT


ने कोभिड–१९ का कारण स्थगन गरिएको महोत्सव भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको प्रतिष्ठानका
काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले बताए ।
प्रतिष्ठानले विसं २०२२ देखि महोत्सव आयोजना गर्दै आएको छ । यसअघि विसं २०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो ।


ADVERTISEMENT

# # #


प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ । सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार प्रथमलाई रु ५० हजार, द्धितीयलाई रु ४० हजार र तृतीय तीन जनालाई जनही रु ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ ।