काठमाडौँ – सञ्चारकर्मी गोकर्ण गौतमको निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि सोमबार अस्पताल भर्ना भएका उनको शल्यक्रियाका क्रममा रक्तश्राव भइ बिहीबार निधन भएको हो ।


ADVERTISEMENT


उनको बिहीबार बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा निधन भएको हो ।


ADVERTISEMENT

# # #


कला, साहित्य सम्बन्धी कलम चलाउँदै आएका ३१ वर्षीय पत्रकार गौतम कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध थिए ।