काठमाडौँ – नेपालमा पहिलोपटक निजी क्षेत्रबाट विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिको आन्तरिक विवाद मिलेको छ । शेयर सदस्य झविन्द्रप्रसाद बन्जाडेले कम्पनीमा हालेको शेयर फिर्ता मागेपछि आन्तरिक किचलो बढेको थियो । पछि कम्पनीले शेयर फिर्तास्वरुप बन्जाडेलाई एक करोड रुपैयाँको चेक दिएकोमा खातामा पैसा नभएको भन्दै बन्जाडेले चेक बाउन्सको उजुरी दिएका थिए ।


ADVERTISEMENT


उजुरीपछि प्रहरीले कम्पनीका अध्यक्ष थापालाई छानबिनका लागि नियन्त्रणमा लिएकोमा पैसा फिर्ता गरेपछि विवाद मिलेको हो । कम्पनीका अध्यक्ष थापाले भने, ‘तिहारपछिको मिति राखेर हामीले चेक दिएका थियौँ, तर बैंकमा उक्त रकम नभएको भन्दै अघि नै ‘चेक बाउन्स’को उजुरी परेको रहेछ ।’ चेक बाउन्स भएपछि केही कानुनी समस्या निम्तिएकोमा अहिले ती सबै समस्या समाधान भइसकेको थापाले बताए ।


ADVERTISEMENT

# # #


No description available.

शेयरबापत आफुले लिने एक करोड रुपैयाँ बुझेको र सुन्दर यातायातका अध्यक्ष भेषबहादुरसँग कुनै रकम लिन बाँकी नरहेको बन्जाडे र सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाबीचको मिलापत्रमा बन्जाडेले भनेका छन् ।

कम्पनीले बन्जाडेको शेयर डोलराज घिमिरेललाई दिएको छ ।