काठमाडौँ – हिमाली तथा उच्च पहाडि जिल्लामा हिमपातसँगै चिसो बढेर जनजीवन कष्टकर बनेको छ । शनिवारदेखि हुम्ला, बझाङ, डोल्पा, मुस्ताङ, गोरखा, रुकुम लगायतका विभिन्न जिल्लामा हिमपात शुरु भएको छ ।


ADVERTISEMENT


हिमपातसँगै हुम्ला र मुस्ताङका उत्तरी भेगमा तापक्रम माइनस १५ डिग्रीभन्दा बढी पुगेको छ । हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेपछि सडकमा निस्किनेको संख्या पातलिएको छ भने सवारीसाधन आवतजावतमा पनि समस्या भएको छ ।


ADVERTISEMENT

# # #


अग्ला पहाडि जिल्लामा केही दिनदेखि वर्षा र हिमपात भइरहेकोमा जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ ।