काठमाडौँ – कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको आज पाँचौँ तथा महत्वपूर्ण दिन अर्थात भाई टिका । दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई सप्तरंगी टीका र फूलको माला लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्ने गर्दछन् ।


ADVERTISEMENT


टिका लगाई सकेपछि दिदीबहिनीलाई गक्ष्य अनुसारको दक्षीणा दिने चलन पनि रहीआएको छ । भाई टीकाको दिनलाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा लिइन्छ ।


ADVERTISEMENT

# # #


नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका पर्ने भएपनि सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताएका छन् ।

उनका अनुसार मंसिर १ गते सोमबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत रहेको छ ।