काठमाडौँ – निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तक आयात मा लगाएको थप कर सोमवार मन्त्रिपरिषद्को वैठकले उल्टाएको छ । विदेशी कितावको आयातमा गत वर्षदेखि निवर्तमान अर्थमन्त्री खतिवडाले अतिरिक्त १० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेका थिए ।


ADVERTISEMENT


खतिवडाको उक्त निर्णय स्वदेशी प्रकाशकहरुले स्वागत गरेपनि विदेशी तथा विदेशबाट पुस्तक प्रकाशन गरी ल्याउने व्यवसायीहरुले भने चर्को विरोध गरेका थिए । विरोधका बाबजुद पनि खतिवडाले उक्त निर्णय नउल्टाउने अडान गरेकोमा खतिवडाको बह्रिगमन र अर्थमन्त्रीमा विष्णु पौडेलको ईन्ट्रीसँगै पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गरिएको हो ।


ADVERTISEMENT

# # #


पुस्तकमा लगाइएको कर खारेजीको विदेशी पुस्तक विक्रेताले स्वागत गरेपनि स्वदेशी व्यवसायीले भने विरोध गरेका छन् । कागज आयातमा कर लाग्ने तर आयातीत पुस्तकमा कर हटाउने गर्दा स्वदेशी उद्योगी समस्यामा पर्ने उनीहरूको भनाइ छ ।

नेपाली प्रकाशकले विदेशमा लगेर पुस्तक छाप्ने, छपाइ मूल्यलाई न्यून मूल्यांकन गरेर भन्सार महसुलसमेत छली गरिरहेकको र यसले पाठकलाई कुनै फाइदा नहुने तर स्वदेशी उद्योग भने धरासयी हुने नेपाल मुद्रण व्यवसायी महासंघका अध्यक्ष शंकर खड्का बताउँछन् । भन्सार छली गरी मनमर्जी मूल्य निर्धारण गरिरहेका व्यवसायीले करको विरोध गरेपनि यसलाई ज्ञानमा कर लगाइएको हल्ला गरिएको उनको आरोप छ ।

यता, कर हटाइएको समर्थन गरेको पुस्तक व्यवसायी संघले भने यसले पुस्तकको मूल्यमा फरक नपरे पनि आपूर्ति सहज हुने बताएको छ । संघकाअनुसार कर लगाइएपछि पुस्तक आयात नै ठप्प भएकोमा अब विदेशी पुस्तकको आयात सहज हुनेछ । संघका अध्यक्ष लिखत पाण्डेले भने, ‘कर लगाइएसँगै बजारमा विदेशी पुस्तकको निकै अभाव भएको थियो । ढिलै भए पनि गम्भीरतापूर्वक लिइएको यो निर्णयले पुस्तक बजारमा नयाँ लहर आउने निश्चित छ ।’