जनकपुर — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारले संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


उनले ओली सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई चुनौती दिने काम गरेको पनि बताए । कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको तर ओली सरकार राजनीतिक चलखेलमा लागेको उनको आरोप थियो ।


ADVERTISEMENT

# # #


‘कोरोना महामारीले मुलुक थलिएको छ,’ मंगलबार जनकपुरमा आयोजित कार्यक्रममा नेता यादवले भने, ‘संघीयता र गणतन्त्रसँग खेलवाड गर्न खोजे सरकारविरुद्ध सबै मोर्चामा लड्न तयार छौं ।’