काठमाडौँ– नेपाली अल्ट्रा धाविका मिरा राईले संयुक्त अधिराज्य(बेलायत) को ‘बेन नेभिस अल्ट्रा’ दौड जितेकी छन् ।


ADVERTISEMENT


निर्धारित दुरी १५ घन्टा २७ मिनेट चार सेकेण्डमा पुरा गर्दै उनी महिलातर्फ पहिलो भइन् । आयोजकका अनुसार मिरा समग्रमा छैटौं भएकी थिइन् । पुरुषतर्फ पहिलो भएका डोनाल्ड काम्पबेलले १३ घन्टा २४ मिनेट २० सेकेण्डमा दौड पुरा गरेका थिए ।


ADVERTISEMENT

# # #


संयुक्त अधिराज्यको दक्षिण तटमा रहेको विश्व प्रसिद्ध लख नेसबाट सुरु भएको दौड स्कटल्याण्डको पहाडी मैदान हुँदै बेलायतको सबैभन्दा उच्च पहाड बेन नेसिभ पास गरेर स्कटल्याण्डको किन्लोखलेभनमा पुगेर टुंगिएको थियो ।

पुरुष र महिलातर्फ पहिलो हुनेले एक हजार युरो पुरस्कार समेत पाउने आयोजकले जनाएको छ ।