गोदावरी – स्वास्थ्य अवस्थामा सुधार नआएपछि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।


ADVERTISEMENT


यही कातिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाहलाई कैलालीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालबाट थप उपचारका लागि आज सिम्रिक एयरमार्फत काठमाडौँ लगिएको उहाँका स्वकीय सचिव जङ्गबहादुर विकले जानकारी दिए ।


ADVERTISEMENT

# # #