काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेपालको नाम अगाडि विशेषण जोड्नु आवश्यक नरहेको बताएका छन् ।


ADVERTISEMENT


पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले शुक्रबार ट्वीट गर्दै प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ रहेकाले नामको अगाडी बिशेषण जोड्नु आवश्यक नरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


वि.सं. २०७२ मा नेपालको संविधान जारी भएपश्चात नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनिँदै आइएको थियो । तर, गत असोज ११ गतेको मन्त्रीपरिषद्को बैठकको निर्णय अनुसार अब उप्रान्त ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न कानुन मन्त्रालयले निर्देशन दिएको थियो। अध्यक्ष थापाले सरकारको उक्त निर्णय ठीक रहेको बताएका छन् ।

उनले ट्वीटरमा भनेका छन्, ‘संघियतारगणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन,प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो।नामको अगाडी बिशेषण जोड्नु आबश्यक थिएन। सरकारको निर्णय ठीक छ ।’

उनले नाम अगाडी रहेका विशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट मान्यता कमजोर धरातलमा खडा गरिएको प्रस्ट हुने उनले बताएका छन् ।