मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको अमेरिकाको राष्ट्रपतीय चुनावमा ट्रम्पलाई भारी मतले पछि पार्दै जो बाइडन जीतको नजिक पुगेका छन् ।


ADVERTISEMENT


अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्ट्रोल भोट पाउनुपर्नेमा बाइडनले २६४ भोट पाएका छन् भने ट्रम्प २१४ मै सीमित छन् ।


ADVERTISEMENT

# # #


बहालवाल राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच भएको कडा प्रतिस्पर्धामा बाइडनले ट्रम्पलाई पछि पारेका छन् । बाइडन ट्रम्पभन्दा १६ लाख बढी मतले नेतृत्व गरिरहेका छन् ।

अमेरिकाका कूल ५० राज्यमध्ये ४३ स्थानको नतिजा सार्वजनिक भइसकेको छ ।

जितका लागि निकै महत्वपूर्ण मानिएका राज्यहरुको मत गणना जारी छ नै रहेकाले अहिले नै अमेरिकाको ५८ औं राष्ट्रपति को हुन्छ भनेर भन्न सकिने स्थिति भने छैन ।

यद्यपि, बाइडनले भारी बहुमतले लिड गरिरहेकोमा लगभग उनी जीतको नजीक पुगेको विश्लेषण विज्ञहरुले गरेका छन् । यता ट्रम्पले भने चुनावमा धाँधली भएको बताउँदै अदालत जाने बताइरहेका छन् ।