एजेन्सी – विश्वको ध्यान तानेको अमेरिकाको राष्ट्रपतीय चुनावमा ५० मध्ये ४१ राज्यको नजिता आएको छ ।


ADVERTISEMENT


प्राप्त नतिजा अनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार जोन बाइटेनले रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पारेका छन् । बाइटेनले २३८ इलेक्ट्रोल भोट ल्याएका छन् भने ट्रम्पले २१३ इलेक्ट्रोल भोट ल्याएका छन् ।


ADVERTISEMENT

# # #


अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मध्ये २७० इलेक्ट्रोल भोट ल्याउनु पर्छ । यिनै इलेक्टर्सले नै अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपति को बन्ने भन्ने कुराको छिनोफानो लगाउँछन् ।

जुन उम्मेदवारले इलेक्टोरल मतमा बहुमत प्राप्त गर्छन् त्यही उम्मेदवार अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनेछन् । ५३८ इलेक्टरस्मा ४३५ हाउस अफ रिप्रेजेन्टेटिभ्स, १०० जना सिनेटर र तीन जना डिस्ट्रिक्ट अफ कोलम्बियाका इलेक्टर्स हुनेछन् ।

हालसम्म बायडन अग्रस्थानमा रहेपनि बायडनले लिड गरेका राज्यको मतगणना लगभग सकिएकाले बहालवाला राष्ट्रपति ट्रम्पले फेरि अर्को कार्यकाल सम्हाल्न सक्ने अनुमान लगाउन थालिएको छ ।

यस पटक गत सय वर्षमा सबैभन्दा बढी संख्यामा मतदान भएको बताइएको छ । यसपटक करिब १० करोड अमेरिकी नागरिकले यसअघि नै अनलाइन तथा विभिन्न माध्यमबाट मतदान गरेकाले चुनावको अन्तिम नतिजा आजै नआउने बताइएको छ ।