एजेन्सी – मुम्बई प्रहरीले चर्चित भारतीय टेलिभिजन रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामीलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


अलिबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा प्रहरीले गोस्वामीलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


अर्नब र अन्य दुई जनाले ५३ वर्षीय इन्टेरियर डिजाइनरको बाँकी पैसा नदिएपछि ५३ वर्षीय डिजाइनरसहित उनकी आमाले आत्महत्या गर्नुपरेको थियो । सोही घटनामा सिआइडीद्वारा पुनः जाँचको आदेश दिइएकोमा केही समय अघि मात्रै महाराष्ट्र सरकारले घटनाको सिआईडी जाँच गर्न आदेश दिएको थियो।