सर्लाही – प्रहरीले जिल्लाको बरथवामा जुवाको खालबाट गोरु व्यापारी पक्राउ गरेको छ । प्रहरीले चर्चित गोरु व्यापारी शम्भु सिँहसहित ६ जनालाई पक्राउगरेको हो ।


ADVERTISEMENT


खालबाट प्रसिद्ध गोरु व्यापारी सिंहसहित रामप्रमोद महतो, महमदहसन कवारी, गोविन्द साह, रामानन्द दास र मनोज रायलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक उद्धवसिँह भाटले बताए ।


ADVERTISEMENT

# # #


जुवाको खालबाट पक्राउ परेका उनीहरुको साथबाट रु ६० हजार ९९५ नेपाली र भारु पाँच हजार २०० बरामद भएको प्रहरी नायब उपरीक्षक भाटले बताउनुभयो । गोरु व्यापारी सिंहले सर्लाहीदेखि झापासम्मका प्रहरीलाई मिलाएर गोरुको नाममा गाई निर्यात गर्ने गरेको समेत खुल्न आएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

सिंहले कात्तिक ५ गते ना६ख ७६३९ नम्बरको ट्रकमा १८ वटा गाई र १३ वटा गोरु लोड गरी बाहिर निर्यातका लागि पठाएका थिए तर सामाजिक अभियानकर्मीले थाहा पाएपछि ट्रक नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरीलाई बुझाएका थिए । प्रहरीले राजश्व कार्यालयमा बुझाएको बताएको छ । तराईको सबै प्रहरी अधिकृत इन्चार्जहरुसँग गोरु व्यापारी सिंहकोे राम्रो सम्बन्ध रहेकाले गोरु बजारहरुमा सङ्कलन केन्द्रको रूपमा ठेक्का लिने र गोरुको नाममा गाईको निर्यात गर्ने काम भइरहेको छ भने प्रहरी मौन देखिएको बताइएको छ । रासस