काठमाण्डौ – अवैध हुण्डी कारोबारमा संलग्न भएको अभियोगमा सीआईबीले नगद एक करोड रुपैयाँसहित तीन हुण्डी कारोवारीलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


सीआईबीले काठमाण्डौँस्थित ओमबहालबाट हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


सोमबार पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको एक करोड रुपैयाँ बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले बताए ।