काठमाडौँ – आलुको मूल्य सय प्रतिशतले वृद्धि भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार गत वर्षको अवधिको तुलनामा आलुको मूल्य सत प्रतिशत बढेको हो ।


ADVERTISEMENT


तथ्यांकअनुसार हाल भारतीय रातो आलुको थोक मूल्य प्रतिकिलो ६८ रुपैयाँ कायम रहेको छ । यो मूल्य गतवर्षको यही अवधिको तुलनामा १ सय प्रतिशतले धेरै हो । गत वर्ष भारतीय रातो आलुको औसत मूल्य प्रतिकिलो ३४ रुपैयाँ थियो ।


ADVERTISEMENT

# # #


कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले भारतमा आलुको मूल्य वृद्धि भएका कारण नेपालमा त्यसको प्रभाव परेको बताए ।