काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सम्बन्ध चिसिएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले प्रदेश सरकारमाथि गर्न खोजेको हस्तक्षेप पछि कर्णाली प्रदेशको काण्डयता दुई अध्यक्षबीचको सम्बन्ध बिग्रिएको छ । ओली र दाहालबीच विगत केही समययता पुनः अविश्वास गहिरिँदै गएका बेला कर्णाली प्रदेशको विवादले त्यसमा आगोमा घ्यू थप्ने काम गरेको थियो ।


ADVERTISEMENT

# # #


प्रचण्ड निकट स्रोतकाअनुसार प्रधानमन्त्री ओली र प्रचण्डबीच कात्तिक ३ गतेयता भेट भएको छैन। प्रधानमन्त्रीले भेटघाटका लागि बोलाएपनि प्रचण्ड बालुवाटर नगएको स्रोतले बताएको छ ।

प्रचण्डसँग बिग्रिएपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपालसँग भेटघाट बढाएका छन् । स्रोतकाअनुसार ओलीले मंगलवार मात्र नेपालसँग गोप्य वार्ता गरेका छन् । ओली–नेपालबीच २ घण्टा लामो गोप्य छलफल भएकोमा ठोस प्रगति भने हुन नसकेको स्रोतले बताएको छ ।