काठमार्डौँ – राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेपछि सबै परीक्षा केन्द्रमा हेल्प डेस्क अनिवार्य गरेको छ । कोरोनाका कारण स्वास्थ्य सावधानी अपनाउन सबै केन्द्रमा हेल्प डेस्क अनिवार्य गरिएको जानकारी वोर्डले दिएको छ ।


ADVERTISEMENT


वोर्डकाअनुसार सबै परीक्षा केन्द्रले स्थानीय तह तथा स्वास्थ्य संघ संस्थासँग सहकार्य गरेर हेल्प डेस्क स्थापना गर्नुपर्नेछ । वोर्डले स्वास्थ्य निर्देशिका बनाएर एउटा हलमा बढीमा २० जना मात्र परीक्षार्थी राखेर २/२ मिटरको दुरीमा विद्यार्थीलाई राखेर परीक्षा लिन निर्देशन दिइसकेको छ ।


ADVERTISEMENT

# # #


कोरोनाका कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सुरु गर्ने गरी बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ ।