काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालीहरुलाई दसैंको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।


ADVERTISEMENT


राजदूत क्वात्राले दसैंले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भन्दै कामना गरेका छन् ।


ADVERTISEMENT

# # #


नेपाली भाषामा ट्वीट गर्दै भारतीय राजदूत क्वात्राले भनेका छन्, ‘असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयदशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना । यस चाडले तपाई र तपाईको परिवारलाई राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्यायोस् ।’