काठमाडौं । हिन्दुहरुको महान चाड बिजया दशमीको आज मुख्य दिन मान्यजनहरुबाट टिका जमरा र आशिर्बाद लिएर हर्षोल्लासपूर्ण रुपमा मनाईदैछ ।


ADVERTISEMENT


असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैकै सबैभन्दा महत्वपूर्ण दिन हो ।


ADVERTISEMENT

# # #


घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिन्छ ।

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।

गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

यसपटकको दशैंलाई रोगलाई जित्ने उत्सवका रुपमा मनाउनुपर्ने बिज्ञहरु बताउँछन् । शारीरिक मानसिक रुपमा स्वस्थ बन्दै रोगमाथि बिजय गर्ने शक्ति प्राप्त गर्न दशैंको उत्सवलाई अवसर बनाउनुपर्ने बताईएको छ ।