नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथालयलाई आर्थिक सहयोग गरेको।


ADVERTISEMENT


भक्तपुर सूर्यविनायकस्थित मुस्कान सेवा नेपाल अनाथालयलाई बिहीबार ३ लाख रुपैँया रकम हस्तान्तरण गरेको बैंकले विज्ञप्ती मार्फत् जानकारी दिएको छ।


ADVERTISEMENT

# # #


बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहले मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी गुरुङ्गलाई सो रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ।

अनाथालयले आफ्नै भवन निर्माण गरिरहेको अवस्थामा बैंकले उक्त रकम प्रदान गरिएको बताएको छ। अनाथालयमा हाल १२ जना बालबालिक आश्रित छन्।