काठमाडौँ– निर्वाचन आयोगले प्रदेश नम्बर २ का सबै मतदान केन्द्रबाट आज मतदाता परिचय पत्र वितरण गर्दैछ ।


ADVERTISEMENT


असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि आठ जिल्लाका ३ हजार ५ सय ७० वटै मतदान केन्द्रबाट पर्सीसम्म मतदाता परिचय पत्र वितरणको काम सुरु भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । परिचय पत्र लिन स्वयम् ब्यक्ति उपस्थित हुनुपर्ने आयोगले स्पष्ट पारेको छ ।


ADVERTISEMENT

# # #


अशक्त र बृद्ध बृद्धाको हकमा परिचय खुल्ने कागजातका आधारमा परिवारका अन्य सदस्यलाई परिचय पत्र उपलब्ध गराईने उनले बताए । यसैबीच मतदाता शिक्षालाई मध्यनजर गर्दै निर्वाचन आयोगले हरेक मतदान केन्द्रमा कर्मचारीको व्यवस्था गरेको छ ।

मतदातामा भोट हाल्ने प्रक्रिया बारे भईरहेको अन्यौल हटाउन सबै मतदान केन्द्रमा ती कर्मचारीको व्यवस्था गरेको प्रवत्ता ढकालले बताए । मतदाताको मत खेर नजाओस् भन्ने उद्देश्यले मतदाता परिचय पत्र लिन आउने मतदातालाई प्रक्रियाबारे जानकारी गराउन यस्तो व्यवस्था गरिएको उनले बताए। २ नम्बर प्रदेशका प्राय सबै जिल्लाका मतदातार मतदान प्रक्रियाका बिषयमा अन्यौलमा छन् ।