काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका भित्री शाखा सडकबाट मुल सडकमा प्रवेश गर्ने चोक जंक्सनहरुमा ट्राफिक संकेतबा बोर्डहरु राखेको छ ।


ADVERTISEMENT


सवारी चाप र जाम कम गर्न साथै दुर्घटना हुनबाट रोक्नको लागि सवारी चालकहरूलाई सतर्क गर्न जंक्सनमा ‘पर्ख’, ‘हेर’ र ‘जाऊ’ लेखिएका बोर्ड राखिएको महाशाखा प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले यस्ता संकेत बोर्डहरूले चालकलाई सावधानीपूर्वक सडक पार एवम् क्रसिङ्ग गर्न मद्दत गर्ने र चालकलाई अनुशासित भइ सवारी चलाउन सयोगी हुने अपेक्षा गरिएको बताए।

महाशाखाले यस्ता उपत्यकाको विभिन्न स्थानका शाखा वा भित्री सडकबाट मूल सडकमा जानुपूर्व यस्ता ट्राफिक संकेतलाई पालना गर्न समेत सबै चालकलाई अनुरोध गरेको छ ।