बागलुङ – अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् । सामाजिक सञ्जालमा तस्विर देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले मङ्गलबार रातभर खानतलासी गरेको थियो ।


ADVERTISEMENT


प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको प्रहरीले बन्दुकसहित नियन्त्रणमा लिईका बयानका आधारमा गाउँमा थप बन्दुकहरु लुकिछिपी राखेको आशंकमा खानतलासी गरिरहेको छ । बुधबार साँझसम्म पनि खानतलासी र भेटिएका बन्दुकहरुको मुचुल्काको काम नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।


ADVERTISEMENT

# # #


“मुचुल्का हुँदैछ नाम आइसकेको छैन्, भेटिएको ठाउँमा फोन लाग्दैन्”, प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले भने, “सङ्ख्या बढ्न सक्छ, अहिलेलाई अनौपचारिक रुपमा ११ जना नियन्त्रणमा आएको खबर छ ।” बिना इजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भैरहेको छ । रासस