काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १ सय ७४ कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


यससंगै हालसम्म निको हुनेको संख्या ८० हजार ९ सय ५४ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ६८.६ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा १३ हजार ९ सय ४७ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म १२ लाख २१ हजार ३८ पीसीआर परीक्षण गरिएको छ ।

हाल ४ हजार ६ सय ६६ जना रहेका छन् भने ३६ हजार ३ सय ६७ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । २१ हजार ५ सय ४८ जना होम आइशोलेसनमा रहेका छन् भने १४ हजार ८ सय १९ जना संस्थागत आइशोलेसनमा छन् ।

कुल संक्रमित मध्ये ६७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मत्यु भएको छ ।