काठमाडौँ – प्रहरीले करिब ५० करोडको जग्गा किर्ते गरी गठी गर्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरका ३३ वर्षीय केवल प्रताप जंग बहादुर राणा रहेका छन् ।


ADVERTISEMENT


केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले उनलाई आइतबार काठमाडौँको रातोपुलबाट पक्राउ गरेको हो । सीआइबीका निर्देशक डीआइजी सहकुल बहादुर थापाका अनुसार केवल प्रतापले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ५ मा कमलादेवी राजभण्डारीको नाममा रहेको ५ कठ्ठाभन्दा बढी जग्गा र घर किर्तेगरी आफ्नो नाममा पास गरेका थिए ।


ADVERTISEMENT

# # #


जसका लागि उनले आफ्नो नाम परिवर्तन गरी मुकेश राजभण्डारी राखेको र मालपोतका कर्मचारीसँग मिलेको खुल्न आएको सीआइबीले जनाएको छ । आफ्नो नाममा घरजग्गा पास गरेर बेच्नका लागि अर्का व्यक्तिसँग ५० लाख बैना समेत लिएको खुलेको छ । उक्त घरजग्गाको मूल्य ५० करोड रहेको बताइएको छ ।

उनले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ४७७३ नं. भएको किर्ते नागरिकताको प्रमाण–पत्र समेत बनाएको सीआईबीले जनाएको छ । पक्राउ पश्चात उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय वीगञ्ज पठाईएको छ ।