सुर्खेत – कर्णाली प्रदेशमा सत्तारुढ दल नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक हटाइएका छन् । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कामकारबाही सन्तोषजनक नभएको भन्दै प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई पदमुक्त गरेका हुन् ।


ADVERTISEMENT


नेकपाको कर्णाली प्रदेशको संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहीले सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी तोकेका छन् । यसअघि उनी सचेतक थिइन् ।


ADVERTISEMENT

# # #


शुक्रबार मुख्यमन्त्री शाहीविरुद्ध नै नेकपाका प्रदेश सांसदले संसदीय दलकोमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।