काठमाडौँ – सरकारले अपांगता भएका २४० जनालाई ह्वीलचियर गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सहायक सामग्रीको सहज पहुँचमा पुग्न नसकेका २४० जना अपांगता भएका व्यक्तिलाई आधुनिक मोडलको ह्वीलचियर वितरण गरेका हुन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच वितरण गरिएको सो ह्वीलचियरको बजार मूल्य १५ हजारदेखि २ लाख ५० हजारसम्मका रहेका छन् । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोरोना भाइरसका कारण झनै समस्यामा परिरहेका अपांगता भएका व्यक्तिहरुको जिम्मा राज्यले लिने बताए । उनले भौतिक पूर्वाधारसहितको अपांगता मैत्री वातावरण निर्माणमा ध्यान दिन पनि सबैलाई आह्वान गरे ।


ADVERTISEMENT

# # #


‘अपांगता मैंत्री वातावरण निर्माणमा लाग्न म सबैलाई आह्वान गर्दछु,’ मन्त्री गुरुङले भने,‘कोराना भाईरसका कारण झनै संकटमा परेका अपांगता भएका व्यक्तिहरुको जिम्मा राज्यले लिन्छ ।’

‘अम होँङ गिल ह्युमन फाउन्डेशन’को सहयोगमा उपलब्ध गराएको सो ह्वीलचियर काठमाडौं उपत्यका बाहिरका जिल्लामा पनि आवश्यक्ता अनुसार वितरण गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय अपांग कोषका सभापति रमेश लामाले जानकारी दिए । त्यस अवसरमा मन्त्री गुरुङले अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर उपलब्ध गराएको सो फाउन्डेशनप्रति आभार पनि व्यक्त गरेका थिए ।

कार्यक्रममा समाज कल्याण परिषदका सदस्य सचिव पुस्कर खाती, राष्ट्रिय अपांग महासंघ–नेपालका अध्यक्ष मित्रलाल शर्मा तथा अपांगताका क्षेत्रमा कार्यरत संघ, संस्थाहरुको पनि उपस्थिति रहेको थियो ।