बझाङ– जिल्लास्थित मष्टा गाउँपालिका २ खिकाला घट्टामा गत साउन २९ गते १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या भएको घटनालाई गाउँघरमै सहमती गराएको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा मष्टा गाउँपालिका९३ बस्ने २४ वर्षीय झलक दमाई, सोही गाउँपालिका९२ बस्ने ४५ वर्षीय लाल बहादुर बोहरा, सोही ठाउँ बस्ने ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई र ५५ वर्षीय गल्फे बोहरा रहेका छन् । उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस घटनाको विषमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।