काठमाडौँ – कोरोना महामारी र त्यसपछिको प्राकृतिक विपतका कारण विगत ८ महीनादेखि बन्द तातोपानी नाका खुलेको १ दिनमै फेरि बन्द भएको छ । तातोपानी भन्सार कार्यालयका ७ जना कर्मचारीमा कोरोना देखिएपछि नाकाबाट सामान आयात निर्यात गर्न चीन असहमत भएपछि नाका पुनः नाका बन्द भएको हो ।


ADVERTISEMENT


भन्सार कार्यालय तातोपानीका प्रमुख लालबहादुर खत्रीका अनुसार नेपालमा उनीहरुको परिक्षण नेगेटिभ आएपनि चीनमा पोजेटिभ आएको थियो । सबै चालक र मजदूरको ५/५ दिनमा परीक्षण गर्ने क्रममा ४ जनामा पोजेटिभ र त्यसपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दै जादा थप ३ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।


ADVERTISEMENT

# # #


नाकामा पुनः अवरोध भएपछि तिब्बतको खासादेखि बीचबाटोमा करीब ८ सय कन्टेनरमा तयारी पोशाक, लत्ताकपडा, विभिन्न इलेक्ट्रोनिक समान, स्याउ, लसुन, प्याज, कस्मेटिक सामान र खेलौनाजस्ता सामग्री अड्किएका छन् । बन्द गरिएको तातोपानी नाका अब कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल अघि बढाइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।