काठमाडौँ– मलेसियामा जारी एसीसी यू–१९ एसिया कप पूर्वी क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ।


ADVERTISEMENT


नेपालले आफ्ना सबै खेल फराकिलो अन्तरले जित्ने क्रममा बिहिबार बलियो प्रतिश्पर्धी सिंगापुरलाई ७ विकेटले हराउँदै समूह विजेता भएर सेमिफाइनलमा प्रवेश गरेको हो।


ADVERTISEMENT

# # #


सिंगापुरको मध्यक्रमलाई ध्वस्त पार्ने क्रममा पवन शर्राफले ६ विकेट लिए । उनले ८ ओभरमा ४ मेडन राख्दै १२ रन खर्चे । सिंगापुरका लागि सिद्धान्त र कप्तान अर्यमन सुनिलले सर्वाधिक २० रन जोडेका थिए । सिंगापुरका पाँच ब्याट्सम्यानले खाता खोल्न सकेनन् ।

पवन सरार्फले सर्वाधिक ६ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ६७ रनमा समेटिएको थियो। यस्तै कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले पनि १र१ विकेट लिए ।

६८ रनको लक्ष्य लिएर मैदानमा आएको नेपाल १३ ओभर ४ बल खेल्दै ३ विकेट गुमाएर जीत हाशिल गर्‍यो।

नेपाललाई जिताउन सन्दिप सुनारले २०, अनिल कुमार साहले १८ तथा महमद आशिफ शेखले ६ रनको योगदान दिए। सुमित महर्जन ९१०० र सन्दिप जोरा (७) नटआउट रहे।

अब नेपालले पर्सि सेमिफाइनलमा समुह बी को उपविजेतासंग फाइनलका लागि खेल्नेछ ।