काठमाडौँ – कोरोना महामारीको समयमा भर्च्युल माध्यमबाट भएको अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली सेनाले स्वर्णसहित ४ पदक जितेको छ । पहिलो बंगलादेश तेक्वान्दो अन्तरराष्ट्रिय लाइभ प्रतियोगितामा नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीले ४ पदक जितेका हुन् ।


ADVERTISEMENT


प्रतियोगितामा ४० वर्षमुनि समूहमा आयषा कार्कीले स्वर्ण जितिन् । त्यसैगरी २४ वर्षमुनिको खेलमा सिना मादेनले र ३० वर्षमुनिको खेलमा प्युठ निता गुरुङले रजत पदक प्राप्त गरिन् । यस्तै २४ वर्षमुनिको समूहतर्फको खेलमा कृष्ण बहादुर तामाङले एक कास्य जिताएको सेनाले बताएको छ ।


ADVERTISEMENT

# # #


खेलमा १९ देशका ३४४ खेलाडीहरु सहभागी भएका थिए ।