दार्चुला– ३ वर्षदेखि अवरुद्ध जिल्ला सदरमुकाम देखि घा“टीबगड हु“दै छाङरु जाने गोरेटो बाटो निर्माण गरी नेपाली सेनाले हस्तान्तरण गरेको छ । ३ वर्षदेखि जनतालाई परेको असुविधा, मुख्य रुपमा नेपाली भूमिमै एक ठाउ“बाट अर्को ठाउ“मा जान पनि विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हटाउनका लागी नेपाली सेनाको टोलीले गत जेठ २६ गतेबाट उक्त गोरेटो बाटो निर्माणको काम शुरु गरेको थियो ।


ADVERTISEMENT


उक्त गोरेटो बाटो निर्माण गरि सेनाले सोमवार सरकारलाई हस्तान्तरण गरेको हो । सेनाले बैशाख दोस्रो साताको मन्त्रिपरिषद्को निर्णयबाट उक्त बाटो निर्माणको जिम्मेवारी पाएको थियो ।


ADVERTISEMENT

# # #


बाटो हस्तान्तरण कार्यक्रममा प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली सेनालाई यस्तो कठिन अवस्थामा पनि जनताको माग अनुसार उत्कृष्ट कार्य गरेकोमा सराहना गर्दै धन्यवाद दिनु भयो । नेपाली सेनाले नेपाली भू(भागको रक्षा गर्दै गरेको यो कार्यले नै महाकाली करिडोर निर्माणको लागि थप उर्जा प्रदान गर्ने भन्दै उनले विकास निर्माणको काममा नेपाली सेनाको अहम् भूमिका रहेको बताउदै तारिफ गरे ।