– अर्जुन खड्का

सन् २०१९ को अत्यतिर चीनको वुहान शहरबाट सुरु भएको नोभेल कोरोना भाइरसले अहिले विश्वलाई जगटेको छ । केही सीमित इलाइट वर्गहरुको बाहेक सबैको उद्योग, व्यापार, व्यवसाय धराशायी बनेको छ । करोडौंको रोजगारी गुमिसकेको छ भने करोडौंको गुम्ने तरखरमा छ ।


ADVERTISEMENT


नेपाल पनि यो महामारीबाट अझै धेरै प्रभावित भएको छ । कहिले आंशिक त कहिले पूर्ण सात महिना लामो बन्दाबन्दीको कारण हाम्रो देशमा पनि उद्योग कलकारखाना, व्यापार व्यवसाय सबै ठप्प छन । कोरोना रोकथाम तथा नियन्त्रणको लागि भनेर जीविकोपार्जनका सम्पूर्ण माध्यमहरु बन्द गरेर घरभित्र थुनिएर बसेको महिनौ भैसक्यो । तर, कोरोनाले रोकिने नामै लिइरहेको छैन । झनझन तीव्र गतिमा अगाडि बढिरहेको देखिन्छ ।


ADVERTISEMENT

# # #


यद्यपि पछिल्लो अवस्थालाई हेर्ने हो भने विश्वभरिबाट कोरोना एक प्रोपोगन्डा मात्रै हो भन्ने आवाजहरु उठिरहेका छन । नेपालमा पनि केही बुद्धिजिवी वर्गहरुले कोरोना भ्रम र यथार्थ बारे अनुसन्धान गर्ने, लेख्ने बोल्ने क्रम केही समयदेखि चलिरहेको छ । भ्रम र यथार्थबीचको लडाइँले निष्कर्ष अवश्य निकाल्ला नै । तर, यो महामारीको बिचमा नेपाल सरकारले गरेका क्रियाकलापहरु देश र जनताप्रती एकदमै गैरजिम्मेवारपुर्ण देखिएका छन् ।

सरकारले गरेका गैरजिम्मेवारपुर्ण क्रियाकलापहरु :

१. विश्व स्वास्थ्य संगठनले नोभेल कोरोनाभाइरसलाई विश्वव्यापी महामारी घोषणा गरिसकेपछि र नेपालमा २–४ केस देखिसकेपपछि पनि नेपाल सरकार गम्भीर भएन ।

नेपाल सरकारका पर्यटनमन्त्री भन्दै थिए, ‘नेपाललाइ कोरोनामुक्त देश घोषणा गरी पर्यटक भित्र्याउनुपर्छ । स्वास्थ्यमन्त्री भन्दै थिए, ‘चीनले रातारात अस्पताल निर्माण गर्यो भन्दैमा हामिले त्यही गर्नुपर्छ भन्ने हुँदैन । रोगहरु भौगोलिक हिसाबले फरकफरक असर गर्नसक्छन् । हामीलाइ केही कुराको अभाव छैन । हामी सजिलै सामना गर्नसक्छौ । आँखा चिम्म गरेर अरुको पछाडि दौडनु मुर्खता हो ।’

२. नेपालमा पनि संक्रमण बढ्दै गयो, लकडाउन भन्ने शब्दको तीर हानियो र नागरिकहरुलाई घरमै थुनेर (हाउस एरेस्ट) गरेर राखियो । कुनै पूर्व तयारीबिना, कुनै कार्ययोजनाबिना हचुवा तालले एक्कासी गरिएको बन्दाबन्दीको असर एक महिना नबित्दै देखिन थाल्यो ।

रोजगारीको लागि गाउँबाट शहर छिरेका गरिब नागरिकहरु जिविकोपार्जनका सबै श्रोतहरु बन्द भयपछि गाउँ फर्किन थाले । सयौँ किलोमीमिटरको लामो यात्रा भोकै प्यासै पैदल हिँड्नुपर्ने हृदयविदारक दृश्यहरु देखिन थाले । नागरिकहरुलाइ गास, वास र कपासको व्यवस्था गर्नुपर्ने राज्यको दायित्व र कर्तव्य हो । तर, राज्यले वेवास्ता गर्यो ।

३. कोरोना नियन्त्रण तथा रोकथामको लागि सुरुमै विदेशीहरुको लागि अन्तर्राष्ट्रिय नाकाहरु, हवाई तथा स्थल मार्गहरु पूर्ण रुपमा बन्द गरिनुपर्थ्यो । विदेशबाट स्वदेश फर्किने आफ्ना नागरिकहरुको लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको क्वारेन्टिनको व्यवस्था मिलाइनु पर्थ्यो । कन्ट्रयाक्क ट्रेसिङ चुस्त रुपमा गरिनुपर्थ्यो, त्यो पनि गरिएन ।

४. नेपाल सरकारले कोरोना महामारीविरुद्ध लड्नको लागि पूर्व तयारी गर्न प्रयाप्त समय हुँदाहुँदै पनि जानिबुझी गरेन । चीन सरकारले सित्तैमा दिने भनेको मेडिकल सामाग्रीहरु समेत ल्याएन । तर, रातारात नेता निकटको एउटा निजी ओम्नि नामको कम्पनीलाई मेडिकल सामाग्री ल्याउने ठेक्का दिइयो । उक्त कम्पनीले गुणस्तरहीन मेडिकल सामाग्री बजारमूल्य भन्दा निकै बढिमा ल्यायो ।

मेडिकल सामाग्री खरिद प्रकरणमा भ्रष्टाचारको गन्ध देशैभरी डुङ्डुङ्ती गनायो । तर, बालुवाटार अदालतका एकमात्र प्रधानन्यायाधीश श्रीमान् खडक प्रसाद ओलिज्युको एकल इजलासले सधैँ झैं यो काण्डमा पनि भ्रष्टहरुकै पक्षमा फैसला सुनायो ।

५. देश पुरै महामारीको चपेटामा परिसकेको अवस्थामा पनि सरकार चलाइरहेको नेकपाभित्र सधैं झै भागबन्डाको भाँडभैलो चलिरह्यो । नेकपाभित्र रहेका गुटहरु रातदिन सत्ताप्राप्तिको खेलमा रुमलिरहेका देखिन्थे । ती गुटका नाइकेहरुलाई नेपालले अहिलेसम्मकै स्वास्थ्य संकट र त्यसबाट उत्पन्न अन्य संकटहरुको सामना कसरी गरिरहेको छ भनेर सोच्नेसम्म फुर्सद थिएन ।

एउटा गुट बालुवाटारमा भेला, अर्को गुट भैंसेपाटीमा, अर्को खुमल्टारमा, अर्को धुम्बाराहीमा रातदिन भेला हुन्थे र सत्ताप्राप्तिका घिनलाग्दा चलेखेलहरुबारे छलफल गर्थे । यो समयमा विश्वमा कहाँ के भइरहेको छ, कति देशहरुले लकडाउन गरे, कति देशहरुले गरेनन्, कहाँ कसले कस्तो रणनीति अपनाएका छन् र कति कम वा बढी क्षति भयो भनेर खोज अनुसंधान गरिनुपर्थ्यो, त्यसो गरिएन ।

बरु नागरिकहरु घरभित्र थुनिएको मौका छोपेर देश र जनताको अहितको लागि के कति गर्न सकिन्छ भनेर धेरै प्रयासहरु सरकार चलाउनेहरुबाटै भएको छरपस्ट नै छ ।

देशमा दण्डहीनता फस्टाएको छ । भ्रष्टाचार मौलाएको छ । हत्याहिंसा, बलात्कारका घटनाहरु बढिरहेका छन् । कुशासन हाबी भयको छ । लामो समयदेखि जीविकोपार्जनका सम्पुर्ण शोतहरु बन्द रहेपनि नागरिकहरुलाई कर तिर्न राज्यले चेतावनीसहित डेडलाइन तोक्छ । बैंकहरु लिलामी निकाल्छन । लोककल्याणकारी राज्य व्यवस्थामा सायद यस्तै हुँदो हो, जहाँ नागरिकहरुले आफ्नो दायित्व र कर्तव्य निभाउनैपर्ने तर आपद विपदमा राज्यले नागरिकहरूप्रति आफ्नो दायित्व र कर्तव्य निभाउन आवश्यक छैन भन्नेतर्फ सङ्केत गर्दछ ।

लकडाउन नै गरेर कोरोना नियन्त्रण गर्नु थियो भने यसो गरिनुपर्थ्यो ।

१. राज्यले नागरिकहरुलाइ गास, वास र कपासको व्यवस्थाको जिम्मा लिनुपर्थ्यो ।

२. अन्तराष्ट्रिय नाकाहरु सिल गरिनुपर्थ्यो, हवाई यातायातदेखि सडक यातायात केही दिनको लागि पुर्ण रुपमा कडाइका साथ बन्द गरिनुपर्थ्यो र विदेशमा रहेका आफ्ना नागरिकहरु स्वदेश फर्किन चाहेको खण्डमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टिनमा राखिनुपर्थ्यो ।

३. विस्तारै आन्तरिक आवतजावत, व्यापार व्यवसायलाइ सुरक्षित र व्यवस्थित तरिकाले स्वास्थ्य मापदण्डहरु अपनायर सुचारु गरिनुपर्थ्यो।

यी तिनवटा मात्रै कुराहरुमा ध्यान दिएको भय आजसम्म हाम्रो अर्थतन्त्र चलिसक्थ्यो । मान्छेहरु बालबच्चा बोकेर एक छाक खानाको लागि रत्नपार्कमा लामो लाइन बस्नुपर्ने थिएन ,सबैसँग काम गरिखाने वातावरण हुने थियो । कोहि भोकै मर्नुपर्ने थियन । तर, नेपालमा लकडाउन बाहेक केही गरिएन जसको परिणाम आज देखिँदैछ र अवस्था अझै भयावह हुनेवाला छ । लामो र औचित्यहीन लकडाउन इतिहासमै सबैभन्दा ठूलो भुल थियो भन्नेकुरा राज्य संचालन गर्नेहरुले तब बुझ्नेछन जब नागरिकहरु सचेत हुनेछन् र उनिहरुलाइ घेर्नेछन् ।

अब भाइरसको कुरा गरौ ।

कोरोना भाइरस कसरी र कहाँबाट आयो भन्नेमा वैज्ञानिकहरु भन्छन यो चमेरोबाट मान्छेमा आएको हो । चीनको वुहान शहरको लोलक मार्केटमा चमेरो खाँदा उक्त भाइरस मान्छेमा सरेको भनियो । तर, यो भाइरस चमेरोमा छ कि छैन, चमेरो मान्छेले काचै खायो कि पकाएर, पकाएरै खायको हो भने यो भाइरस कति डिग्री तापक्रममा बाँचिरहन्छ र कति तापक्रममा यसले सर्भाइब गर्न सक्दैन भनेर कुनै अनुसंधान गरिएको देखिदैन ।

विश्वव्यापी महामारी घोषणा भएको यति लामो समय बितिसक्दा पनि यो रोगको लक्षण ठ्याक्कै यहि हो भन्ने छैन । हजारौं वर्षदेखि मान्छेहरुलाइ रुघाखोकी लागिरहन्थ्यो, ज्वोरो आउथ्यो, अहिले पनि लाग्छ र लागि रहनेछ ।

फरक यतिमात्र हो कि रुघाखोकीलाई विश्वव्यापी महामारी घोषणा गरेर सम्पुर्ण मिडियाहरु एकढिक्का भएर त्रासदिको व्यापार आजसम्म गरिएको थियन । आजभन्दा पहिले रुघाखोकी लाग्यो भने मान्छेहरु तातोपानी, बेसारपानी, पियर, भिक्स लगायर दुई चार दिनमै सन्चो हुन्थ्यो । पानीपट्टि गरेर, सिटामोल खाएर ज्वोरो सन्चो हुन्थ्यो । तर, अहिले त्यही रोगलाइ महामारीको रुपमा प्रस्तुत गरियो र मान्छेहरुको दिमागमा त्रासदीको भाइरस भरियो । त्रासदी यहाँसम्मकी यो रोग लागेको मान्छेलाई समाज र आफ्नै परिवारले समेत अस्वीकार गरिरहेको देखियो । जसको कारण मान्छेहरु आत्महत्या समेत गर्न बाध्य भए । केही वर्ष अगाडि एड्स लागेको मान्छेहरुलाइ पनि यस्तै व्यवहार गरिन्थ्यो ।

यो रोगको कुनैपनी औषधि छैन । यो रोग लाग्यो भने मान्छे बाँच्दैन भनेर त्रासदी फैलाइएको छ । तर, ९९५ मान्छेहरु संक्रमित भएर पनि सन्चो भैसके भनेर कतै प्रचारप्रसार गरिँदैन । उपचार नै नभएको रोगको उपचार खर्च हस्पिटलहरुले लाखौमा कसरी निकाल्छन ? कुनै मिडियाहरुले यो कुरालाइ प्राथमिकतामा राखेको देखिँदैन ।

उपचार छैन भनेको के हो ? उपचार नभएको भए मान्छेहरु कसरी सन्चो भए ? कुनै पनि रोगको उपचार भनेको फर्मा कम्पनीहरुले औषधि र भ्याक्सिन बनाउनु मात्रै हो त ? हजारौ वर्षदेखिको हाम्रो प्राकृतिक उपचार, घरेलु उपचार पद्धतिको कुनै औचित्य नभयकै हो त ?

त्यसो बिल्कुल होइन मानव शरीर कुनै पनि फर्मा कम्पनीहरुको औषधिको लागि बनेकै होइन । यो मानव शरीर प्रकृतिक हो । तर हामीले उपचारको नाममा औसधि आफ्नो शरिरभित्र घुसाएर आफैलाइ रोगी बनाउँदैछौ ।

हाम्रो प्राकृतिक मानव शरिरलाई लामो समय बचाइराख्ने वा छिट्टै मार्ने त्यो कुनै फर्मा कम्पनीहरुको हातमा नभयर हाम्रो आफ्नै हातमा हुन्छ । हाम्रो खानपिन,हाम्रो जिवनशैलीले हामी कुन आयु बाँच्ने भनेर निर्धारण गर्ने हो ।

हाम्रो शरीर आफैमा सबैभन्दा ठूलो अस्पताल हो, हाम्रो भान्सा नै औषधि कम्पनी हो ।

स्वास्थ्य भनेको के हो ?

डव्लूएचओ अनुसार स्वास्थ्यको परिभाषा यय प्रकार छ । स्वास्थ्य भनेको आफु सुखी हुनका लागि चाहिने सबै थोक हुनु हो । साथै शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक रुपले पूर्ण तन्दुरुस्त हुने गतिशील अवस्था हो र रोग वा अशक्तताको अभाव मात्र स्वास्थ्य होइन ।

डव्लूएचओको सिद्धान्त बुँदागद रुपमा निरोगी हुनु हो ।
– स्वस्थ र राम्रो खानपिन हुनु हो ।
– खुसीहाल परिवार र राम्रा साथीहरू हुनु हो ।
– राम्रोसँग सचेत हुनु हो ।
– माया र सद्भावमा रहनु हो ।
– सुरक्षित वासस्थान हुनु हो ।
– ज्ञान र सम्वृद्धिको साथ हुनु हो ।
– मानिसको जीवन एक गतिशील प्रक्रिया भएकाले फरक–फरक मानिसका लागि यो फरक हुन सक्छ ।
– एकै व्यक्तिको लागि पनि समय अनुसार फरक हुन सक्छ ।
– रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पुर्ण तन्दुरुस्तीको अवस्थालाई नै स्वास्थ्य भनिन्छ । (डव्लूएचओ, १९४६)

स्वस्थ खाना, शुद्ध हावा पानी, प्रकृतिसंग नजिक हुने, सूर्य किरणसंग प्रत्यक्ष सम्पर्कमा रहने, आफ्नो घनिष्टतासंग नजदिकी, माया स्नेह भावनाहरुको आदानप्रदान, हाँसो खुसी रमाइलो यी सबैले हामीलाई विश्व स्वास्थ्य संगठनले दिएको स्वास्थ्य परिभाषामा पर्दछ ।

तर पछिल्लो समय डव्लूएचओले नै स्वास्थ्यको परिभाषा विपरित काम गरिरहेको छ ।

कोरोनालाई केवल चिकित्सा विज्ञानले मात्रै व्याख्या गर्न सक्दैन । यसको समाजशास्त्रीय पाटो, अर्थशास्त्रीय पाटो, राजनीतिक पाटोबाट पनि व्याख्या गरिनुपर्छ ।
पुँजीवादले जकडेको विश्व इतिहास र विभिन्न कालखण्डमा भयका घटनाहरु र छलहरुलाइ पनि जोडेर हेरिनुपर्छ ।

एक होईन, यहाँ अनेकौं छलहरू छन्।

जस्तै, हालैको क्यालिफोर्निया फायर २०१९ को अस्ट्रेलियाली डढेलो। एमाजोनको डढेलो । इबोला भाइरस । सीरिया, यमनहरू ध्वस्त हुनु। बीन लादेन मारिनु। गद्दाफीलाई रेटिनु। ईराक ध्वस्त हुनु । अफगानिस्तान लाई नउठ्नेगरी पछार्नु ।

२००१ मा वर्ल्ड ट्रेड सेन्टरका दुई बील्डिंगहरू भत्किनु। १९९२ को रियो अर्थ सम्मिट । एड्स भाइरस । नासा सबैभन्दा पहिला जुनमा पुग्नु। नासा को लाईब्रेरीदेखिफर्स्ट मून ल्याण्डङ भिडियो हराउनु । जोन एफ केनेडीको हत्या। १९६१ देखि युएनलेले गाँजा प्रतिबन्ध गराउनु। क्यान्सर रोग ।

कम्युनिष्टको रातो झण्डा। माओ सेतुङ्ग। चिनिया क्रान्ति। डीडीटी पाउडर। बिल गेट्सका खोपहरू। परिवार नियोजन। दबाई गोटीहरू। बिग फर्मा को विश्वव्यापिकरण। युएन खडा हुनु।

हीटलरको आत्महत्या र एभाको हत्या ! ५ लाख यहूदीहरूको नरसंहार ! हीटलरको ग्याँस च्याम्बर। दोश्रो विश्वयुद्ध ! हीटलरको उदय हुनु। बाल्फोर डिक्ल्यारेसन गराईनु। पहिलो विश्व युद्ध ! १९१३ मा फेडेरल रिसर्च कार्टल (एफआरबी) को उदय हुनु। डलर छापिनु । १९१२ मा ह्वाइट हाउस जलाईनु ! टाइटानिक पानी जहाज डुबाईनु।

यहुदी लेलीनलाई उदय गराईनु। बोल्सेभीक क्रान्ति गराईनु। ब्रिटिश म्यूजियमदेखि अल्वर्ट पाइक को चिट्ठी हराईनु। कागजको पैसो ! बैंक र केन्द्रीय बैंक अनि विश्व बैंकहरू । १११ अब्राहम लिंकनको हत्या। दास क्यापिटल ।

भ्याटिकेन सिटी र पोपहरु। कार्ल मार्क्स, नेपोलियन बोनापार्ट, फ्रान्सेली क्रान्ति। मजदूर दिवस।

सबै धर्महरु लगायत यो धर्तीका छलहरु एक एक गरी व्याख्या गरियो भने कोरोना छलको असली रुप उदाङ्गो हुनेछ । त्यस अर्थमा पुँजीवादी संरचनाकै जटिल पक्षको रूपमा यो भाइरस पनि एक हो । यो फुत्त आएर मान्छेको नाकमा छिरेको होइन ।